सुपर सेती हाइड्रोपावरमा नेको इन्स्योरेन्ससहित दुई वाणिज्य बैंकले लगानी गर्ने

२२ चैत्र २०८१, शुक्रबार १७:४३

काठमाडौँ । एसआइएन इनर्जीले २४ मेगावाट क्षमताको सुपर सेती हाइड्रोपावर आयोजना निर्माणका लागि आवश्यक लगानी सुनिश्चित गरेको छ।

काठमाडौंको म्यारीयट होटलमा आयोजित कार्यक्रममा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा एसआइएन इनर्जीका अध्यक्ष अशोक खड्का, सानिमा बैंकका डिपुटी सीईओ पवन कुमार आचार्य र सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले लगानी सुनिश्चित सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

परियोजनाको लागि कुल ५ अर्ब ४ करोड रुपैयाँ लगानी जुटाइएको छ। सम्झौता अनुसार, नेको इन्स्योरेन्स र बिनायक ग्रुप लगानीकर्ता रहेको छन् भने सानिमा बैंक र सिद्धार्थ बैंक वित्तीय साझेदारको रूपमा रहेका छन्। आयोजनाको निर्माण कार्य छिट्टै अघि बढाइने बताइएको छ।

एसआइएन इनर्जी तथा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले सानिमा र सिद्धार्थ बैकलाई लगानी सुनिश्चितको लागि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै  बीमा कम्पनीहरुलाइ समेत हाइड्रोपावर क्षेत्रमा लगानी गर्न सल्लाह दिएका छन ।

साथै उनले हाइड्रोपावरमा लगानी गर्नको लागि सरकारी निकायहरुमा धेरै दु:ख झेल्नु पर्ने अवस्था रहेको सम्झिदै भने, हाम्रो यस आयोजनाको फाइल नै नौ महिनासम्म बन मन्त्रालयमा अल्झिएको थियो भने ८ वटा मन्त्रालयको ढोका ढकढक्याउनु पर्ने अवस्था छ । यस्तो अवस्थामा कसरी लगानी गर्नु ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*