३५ हजार घुस खादा नायब सुब्बासहित ३ जनाको जागिर चैट, विशेष अदालतमा मुद्दा दायर

२२ चैत्र २०८१, शुक्रबार १६:३६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर महोत्तरीमा कार्यरत नायब सुब्बा दिपेन्द्र नारायण चौधरीसहित ३ जना भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको अवस्थामा नियन्त्रणमा लिएका उनीहरु विरुद्ध आयोगले आज काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायब सुब्बा दिपेन्द्र नारायण चौधरी, खरिदार मुन्ना दास भन्ने मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो समेतको आपसी मिलोमतोमा जग्गाको ट्रायल चेक एवं क्षेत्रफल सुधार गरी लालपूर्जा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग रू.३५,०००।–घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा  उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*