सिमेन्ट तथा फलामे डण्डीको मूल्य निर्धारणमा नयाँ व्यवस्था

२२ चैत्र २०८१, शुक्रबार १६:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट तथा फलामे डण्डीको मूल्य स्पष्ट पार्न नयाँ व्यवस्था लागू गर्ने भएको छ। विभागका अनुसार अब उत्पादकले आफ्ना उत्पादनमा अनिवार्य रूपमा फ्याक्ट्री गेट मूल्य उल्लेख गर्नुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार डिलर वा बिक्रेताले बिक्री गर्ने सिमेन्ट तथा फलामे डण्डीको ब्राण्डसहित अधिकतम खुद्रा मूल्य उपभोक्ताले सहजै बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा स्पष्ट रूपमा लेखी बिक्री गर्नुपर्नेछ। विभागले यस निर्णय कार्यान्वयन गर्न सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ।

सरकारले उपभोक्तालाई वस्तुको वास्तविक मूल्यबारे जानकारी दिन तथा बजारमा मूल्य पारदर्शिता सुनिश्चित गर्न यो कदम चालेको हो। हाल सिमेन्ट र फलामे डण्डीको मूल्य विभिन्न बिक्रेताका आधारमा फरक पर्ने गरेको गुनासो उपभोक्ताबाट आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*