कुलमान घिसिङले भने, ‘वक्यौता उठाउनु नै पदबाट हट्नु मुख्य कारण बन्यो’

काठमाडौं । ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रीपरिषदद्वारा पदबाट हटाइएको विषयमा प्रतिक्रिया दिएका छन्। उनले भने, ‘मलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै विदा गरिएको हो। म जनताको कामका लागि सदैव तत्पर छु।’
उनले आफ्नो विरुद्ध सरकार र स्वार्थ समूहको गतिविधि प्रकट गर्दै भने, ‘म विरुद्ध कसरी लागेका थिए भन्ने कुरा नेपाली जनताले थाहा पाएका छन्। मैले कार्य गर्दै गर्दा कुनै गलत काम गरेको छैन।’
घिसिङले आफ्नो हटाइको कारणबारे कुरा गर्दै भने, ‘वक्यौता उठाउनु नै म पदबाट हट्नु मुख्य कारण बनेको हो। के वक्यौता उठाउनु राज्यमाथिको अपराध हो?’ उनले आफूलाई अनुचित विषयमा मन्त्रीद्वारा स्पष्टिकरण मागिएको बताउँदै भने, ‘मैले भनेको कुरा मात्र उठाएको हो, त्यसैले म पदबाट हटाइएका हुँ।’
साथै उनले आफूमाथि गरिएको आक्रमणको विरोध गर्दै भने, ‘उर्जा क्षेत्रमा उल्लेख्य काम गर्दै गर्दा सरकारले म माथि ज्यादती गरेको छ। मेरो मनोबल गिराउन सुनियोजित आक्रमण गरिएको हो।’
घिसिङले थपे, ‘स्वार्थ समूह र सत्ता समूहले निरन्तर ममाथि आक्रामण गर्दै जनतामाथि घात गर्ने काम गरिरहेको छ।’