नेपाल लाइफलाई ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इअर’ अवार्ड

२२ चैत्र २०८१, शुक्रबार १३:१६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्पोरेट खबरद्वारा आयोजित सत्रौं कर्पोरेट व्यवसाय पुरस्कार २०२५ मा ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इअर २०२५’ अवार्ड प्राप्त गरेको छ।

कम्पनीका अनुसार नेपालभरका जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफले वित्तीय सूचक, दाबी भुक्तानी अनुपात, चुक्तापूँजी, बीमा शुल्क आर्जन, मानव संसाधन विकासमा लगानी, विविधिकरण, प्रविधिकरण तथा सामाजिक उत्तरदायित्वमा देखाएको उत्कृष्टताका आधारमा यो अवार्ड जित्न सफल भएको हो।

काठमाडौंमा आयोजित भव्य समारोहमा नेपाल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले अवार्ड ग्रहण गरेका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सफलता कम्पनीका सञ्चालक समिति, कर्मचारी, अभिकर्ता, नियामक निकाय, शेयरधनी तथा ग्राहकहरूकै मेहनत र विश्वासको परिणाम भएको बताए।

साथै उनले सामूहिक सहकार्यद्वारा जीवन बीमाको महत्वलाई अझ प्रभावकारी रूपमा नेपाली समाजमा प्रचार–प्रसार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*