गभर्नर अधिकारीको गुनासो: ‘राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप’

२२ चैत्र २०८१, शुक्रबार १२:२२

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालमा राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको स्वीकार गरेका छन्। शुक्रबार आफ्नो कार्यकालको समीक्षा गर्दै गभर्नर अधिकारीले यस्तो टिप्पणी गरेका थिए।

गभर्नर अधिकारीका अनुसार, ‘मेरो कार्यकालको दोस्रो वर्षमा पुग्दै गर्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको र केन्द्रीय बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको अवस्था उत्पन्न भएको थियो।” उनले भने, “केन्द्रीय बैंक सञ्चलनको विश्वव्यापी मान्यता र मर्म अनुरूप, यस बैंकको स्वायत्ततालाई अछुन्न राखिदिनुहुने सर्वोच्च अदालत लगायतलाई कृतज्ञता व्यक्त गर्दछु।’

गभर्नर अधिकारीले आफ्नो कार्यकाललाई ‘सन्तुष्टिका वर्षहरू’को रुपमा व्याख्या गरे जहाँ उनले बैंकको कार्यसम्पादनमा महत्वपूर्ण प्रगति ल्याउन सफल भएको दाबी गरे। उनले राष्ट्र बैंकको वित्तीय स्थिरता, नगद प्रवाह व्यवस्थापन र नीति निर्माणमा सुधार ल्याउन प्रयास गरेको बताएका छन्।

नेपाल राष्ट्र बैंकका सत्रौँ गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल आगामी चैत २४ गते सकिँदैछ। यस अवधिमा राष्ट्र बैंकले महत्त्वपूर्ण निर्णयहरू र नीतिहरू ल्याएको छ, जसले अर्थतन्त्रको स्थिरता र बैंकिङ क्षेत्रमा सुधार ल्याउन मद्दत पुर्याएको गभर्नर अधिकारीको भनाइ छ।

उनले कार्यकालको दौरान संस्थागत सुधार र विश्वसनीयता निर्माणमा मुख्य ध्यान केन्द्रित गरेको बताएका छन्, र अब नयाँ गभर्नरको नेतृत्वमा राष्ट्र बैंक अझ बढी सशक्त र स्वतन्त्र हुने आशा व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*