नेपाल हाइड्रो डेभलपरको स्वतन्त्र सञ्चालकमा भोला श्रेष्ठ नियुक्त

२२ चैत्र २०८१, शुक्रबार ११:११

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा इन्जिनियर भोला श्रेष्ठ नियुक्त भएका छन्।

कम्पनीको चैत २१ गते बेलुकी ४ बजे बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सोही दिनदेखि लागू हुने गरी श्रेष्ठलाई नियुक्त गरेको हो।

उनलाई आगामी ४ वर्षको कार्यकाल तोकरे नियुक्ति गरिएको प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुङ्गानाले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*