ङादी ग्रुपको हकप्रद शेयर डिम्याट खातामा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत पुस २३ देखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ।
हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेकोले मंसिर १७ गतेसम्म यस कम्पनीको शेयर खरीद गरेका र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकले हकप्रद शेयर प्राप्त गरेका छन्।
उक्त हकप्रद शेयर चैत १९ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको कम्पनीले जनाएको छ।
कम्पनीले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई सो गरेपछि हकप्रद शेयर स्वतः डिम्याट खातामा पठाइने जानकारी दिएको छ।
साथै शेयर धितो राखेर कर्जा लिएका शेयरधनीले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र डिम्याट खातामा हकप्रद शेयर पठाइने जनाएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।