अपर हेवाखोलाको विशेष साधारणसभा आज, हकप्रद प्रस्ताव पारित गरिने
२२ चैत्र २०८१, शुक्रबार ०६:५९

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारणसभा आज बिहान ११ बजेदेखि अनामनगरस्थित युनियन हाउसमा बस्दैछ।
सभाले मुख्य रूपमा हाल कायम चुक्ता पूँजी ५० करोड रूपैयाँको १ः१ अनुपातमा साधारण शेयरको हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै हकप्रद जारी गरेपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले प्रबन्धपत्रमा आवश्यक दफाहरू संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले चैत १४ गते एक दिन बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन सक्नेछन्।