राष्ट्रपति पौडेलद्वारा तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त
२१ चैत्र २०८१, बिहीबार १८:०१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा १ अनुसार नयाँ राजदूतहरूको नियुक्ति गरिएको हो ।
नियुक्त भएका राजदूतहरूमा चीनका लागि नेपाली राजदूत प्राडा कृष्ण प्रसाद ओली, मंगोलिया तथा दक्षिण कोरियाका लागि सुशील कुमार लम्साल रहेका छन् । त्यस्तै, इजिप्टका लागि पनि लम्साललाई नै गैरआवासीय राजदूतका रूपमा जिम्मेवारी दिइएको छ ।