कुमारी बैंकको २४ औं वार्षिकोत्सव : संस्कृति र सामाजिक उत्तरदायित्वको संगम

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरी आफ्नो २४ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। बैंकले यस अवसरमा आफ्ना ग्राहक, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै संस्थागत उपलब्धिहरूको समीक्षा गरेको छ।
बैंकले आफ्ना ग्राहकहरूको निरन्तर सहयोग र विश्वासलाई सफलताको मूल आधार मान्दै आगामी दिनहरूमा अझ प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कर्मचारीलाई आफ्नै परम्परा र संस्कृति झल्कने ‘परम्परागत भेषभूषा’ पहिरन गर्न प्रोत्साहित गर्दै बैंकले विविध संस्कृतिहरूको सम्मान गर्ने सन्देश प्रवाह गरेको छ। यस अभियानले कर्मचारीहरूबीच आपसी एकता अभिवृद्धि गर्ने र सांस्कृतिक धरोहरको जगेर्ना गर्ने उद्देश्य राखेको बैंकको विश्वास छ।
बैंकले वार्षिकोत्सवकै अवसरमा विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममार्फत स्थानीय रक्त बैंकहरूको आवश्यकतालाई सम्बोधन गर्दै आपतकालीन अवस्थामा जीवन बचाउने अभियानलाई टेवा पु¥याउने उद्देश्य राखिएको छ।
२४ वर्षको सफल यात्रासँगै कुमारी बैंकले हाल ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकहरूलाई अत्याधुनिक तथा सुलभ सेवा प्रदान गरिरहेको छ। भविष्यमा डिजिटल बैंकिङ प्रविधिलाई अझ सशक्त बनाउँदै सरल र उत्कृष्ट सेवा प्रवाह गर्ने बैंकको लक्ष्य रहेको छ।
बैंकले ‘सबैका लागि, सधैंका लागि’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आफ्ना ग्राहकहरूलाई अझ नविनतम वित्तीय समाधान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।