आन्दोलनरत शिक्षकलाई वार्तामा आह्वान

२१ चैत्र २०८१, बिहीबार १३:२९

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आह्वान गरेको छ।

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रक्रियामा रहेकोमा त्यसलाई यथाशीघ्र पारितको माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रेका हुन्।

मन्त्रालयलद्वारा जारी गरिएको विज्ञप्तिमा “शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं।” भनिएको छ।

शिक्षक महासंघले हिजो चैत २० गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको थियो। हिजो माइतीघर, बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा ठूलो संख्यामा शिक्षकहरू उपस्थित भएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*