सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई आर्थिक सहयोग

२१ चैत्र २०८१, बिहीबार ११:४०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करीब डेढ दशकदेखि एचआईभी संक्रमित बालबालिकाको पालनपोषण, शिक्षा र स्वास्थ्य सेवामा योगदान दिंदै आइरहेको बेबी लाइफ होमलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा उक्त सहयोग प्रदान गरेको हो। बेबी लाइफ होममा हाल २७ जना एचआईभी संक्रमित बालबालिका आश्रित छन्, जसको शिक्षादेखि स्वास्थ्य सेवासम्मका लागि संस्थाले चुनौती सामना गरिरहेको छ। बैंकले सहयोग स्वरूप संस्थाका सञ्चालक राज कुमार पुनलाई चेक हस्तान्तरण गरेको हो।

सिटिजन्स बैंकले प्रत्येक वर्ष सामाजिक उत्थानका लागि काम गर्ने संस्थाहरूलाई सहयोग गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक परियोजनाहरू सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।

हालै ‘बैंक अफ द ईयर २०२४’ को उपाधि जितेको यस बैंकले नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) ल्याएको छ। साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर लिने सुविधा पनि शुरू गरेको छ। बैंकका देशभर २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइहरू रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*