विन नेपाल लघुवित्तको स्वतन्त्र सञ्चालकमा सवित्रा आचार्य नियुक्त
२१ चैत्र २०८१, बिहीबार १०:४६

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सवित्रा आचार्य नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकको निर्णयले आगामी चार वर्षको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो ।
उनी वित्तीय क्षेत्रमा राम्रो अनुभव भएकी व्यक्ति हुन् । आचार्यको आगमनले संस्थालाई वित्तीय सफलता हासिल गर्न सहयोग मिल्ने संस्थाले विश्वास व्यक्त गरेको छ ।