ग्रीन भेन्चर्सको २ करोड ८२ लाख कित्ता शेयरको लकइन समाप्त

२१ चैत्र २०८१, बिहीबार ०६:३७

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयरको लकइन समाप्त भएको छ।

यस कम्पनीको संस्थापकको २ करोड ५० लाख कित्ता, आयोजना प्रभावित स्थानीयको ३१ लाख २३ हजार २०० कित्ता र कर्मचारीहरूको ९३ हजार ७५० कित्ता शेयर लकइनमा रहेको थियो।

लकइन अवधि सकिएसँगै उक्त शेयरहरू कारोबार गर्न सकिने भएको छ। साथै कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीले भने शेयर कारोबार गर्न नपाउने कम्पनीले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*