दीपल, सेरेस र नाम्मी ब्रान्डका गाडी बिक्री वितरण गर्न नपाइने
२० चैत्र २०८१, बुधबार २१:२७

काठमाडौँ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमएडब्लु वृद्धि मोटर्स र एमएडब्लु वृद्धि अटोकर्प मोटर्सलाई कारबाही गर्दै गाडी बिक्रीमा रोक लगाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७४ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार चैत २० गते गरिएको अनुगमनमा यी कम्पनीहरूले नियम उल्लंघन गरेको पाइएको विभागले जनाएको छ।
दीपल, सेरेस र नाम्मी ब्रान्डका गाडीहरू बिक्री गर्दै आएका यी कम्पनीहरूले आवश्यक कागजातसहित विभागमा उपस्थित हुनुपर्नेछ। नियम उल्लंघनको विवरण सार्वजनिक गरिएको छैन । अनुगमनका क्रममा उपभोक्ताका हकहितविपरीत क्रियाकलाप भेटिएको हुन सक्ने अनुमान छ।
अब कम्पनीहरूको स्पष्टीकरणपछि मात्र थप निर्णय हुने विभागको भनाइ छ।