प्रहरीले भन्यो: ‘राजावादीको आन्दोलनमा ५८ राउन्ड गोली चल्दा २० जनालाई लाग्यो’

२० चैत्र २०८१, बुधबार १८:३१

काठमाडौं । गत शुक्रबार राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बन्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर २० जना घाइते भएको खुलेको छ । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यका अनुसार अवस्था नियन्त्रणमा लिन खोज्दा गोली लागेर दुई महिलासहित २० जना घाइते भएका हुन्।

घाइतेमध्ये १३ जनाको अस्पतालमा उपचार भइरहेको छ। आचार्यले आन्दोलनका क्रममा कुल ५८ राउन्ड गोली प्रहार भएको जानकारी दिए । त्यस्तै ७४६ राउन्ड टियर ग्यास प्रहार गरिएको थियो भने १९२ पटक ब्ल्यांक फायर भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको पनि उनले बताए ।

प्रदर्शनकारीमा ५५ जना नेपाल प्रहरी र २३ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*