तीनकुने प्रदर्शनमा ज्यान गुमाएका दुई व्यक्तिको परिवारलाई सरकारले १० लाख दिने

काठमाडौँ । सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जनका परिवारलाई राहतस्वरूप १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकले सो निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक हुँदा दुईजनाले ज्यान गुमाएका थिए। पत्रकार सुरेश रजक आगलागीमा परेर गम्भीर घाइते भएपछि उपचारका क्रममा ज्यान गुमाएका थिए भने कीर्तिपुर निवासी सविन महर्जनलाई गोली लाग्दा घटनास्थलमै मृत्यु भएको थियो।
सरकारको राहत घोषणासँगै मृतकका परिवारले न्याय र सहयोगको आशा गरेका छन्। यस घटनाले सुरक्षाका सवालमा प्रश्न उठाउँदै थप छानबिनको माग समेत गरिएको छ।