सिद्धार्थ बैंक र क्यापिटल हस्पिटलबीच विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता
२० चैत्र २०८१, बुधबार १७:०१

काठमाडौं । सिद्धार्थ बैंक र क्यापिटल हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले पुत्तलीसडक स्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।