नेप्सेका नवनियुक्त सीईओ चुडामणी चापागाईँले सम्हाले जिम्मेवारी
२० चैत्र २०८१, बुधबार १६:०२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणी चापागाईँले पदबहाली गरेका छन्।
सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत चापागाईलाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। नियुक्तिपछि उनले आफ्नो कार्यकाल औपचारिक रूपमा सुरू गरेका छन्।
नेप्से सीईओ छनोट प्रक्रियामा चुडामणी चापागाई सहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल प्रतिस्पर्धामा थिए। अन्ततः सरकारको निर्णयअनुसार चापागाईँलाई सीईओको जिम्मेवारी दिइएको हो।