प्राधिकरणका अध्यक्ष ओझाको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो

२० चैत्र २०८१, बुधबार १६:०४

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्त भएका शरद ओझाको नियुक्ती गैर कानुनी भन्दै परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. नहकूल सुवेदीको एकल इजलासले कारण देखाउ जारी गर्दै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन भनिएको छ ।

अधिवक्ता इन्दिरा धमलाको माग बमोजिमको अन्तिम आदेश जारी गर्नु किन नपर्ने हो ? भन्दै सरकारलाई उपस्थित हुन सर्वोच्च अदालतले आदेश जारी गरेको हो । अबको पेशीमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा छलफल हुनेछ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*