मार्चमा १ लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

२० चैत्र २०८१, बुधबार १५:४१

काठमाडौं । नेपालमा सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ८ सय विदेशी पर्यटक आएका छन्। अघिल्लो वर्षको तुलनामा यो संख्या केही घटेको देखिन्छ। सन् २०२४ को मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नेपाल पर्यटन बोर्डका अनुसार भारत नेपालमा पर्यटक पठाउने अग्रणी मुलुक रह्यो। यस अवधिमा भारतबाट २१ हजार ४ सय ४१ पर्यटक नेपाल आएका छन्। चीनबाट ११ हजार ४ सय ४३ पर्यटक भित्रिएका छन् भने अमेरिकाबाट ११ हजार ९२ पर्यटक नेपाल आएका छन्।

श्रीलंकाबाट ८ हजार ८ सय ८६, बेलायतबाट ५ हजार ९ सय ९५, थाइल्याण्डबाट ४ हजार ९ सय ८६, बंगलादेशबाट ३ हजार ५ सय ७६ र अष्ट्रेलियाबाट ४ हजार २ सय २८ पर्यटक नेपाल प्रवेश गरेका छन्।

त्यस्तै, म्यानमारबाट ३ हजार ७ सय ५४ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*