नेपाल र थाइल्याण्डबीच यी ७ बुँदामा भयो सम्झौता

२० चैत्र २०८१, बुधबार १४:३२

काठमाडौं । नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। औपचारिक भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्राको उपस्थितिमा आज दुईवटा सरकारी तथा छवटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएका छन्।

-सांस्कृतिक सम्झौता

-पर्यटन सहयोग सम्बन्धी सम्झौता

-आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति संघ  र महिडोल युनिभर्सिटी अन्तर्गतको  रामाथिबोदि अस्पतालबीच आपसी सहकार्य सम्बन्धी समझदारी

-नेपाल उद्योग वाणिज्य महासंघ र थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी

-जनता एग्रो एण्ड फरेष्ट्री र कासेट्सार्ट विश्वविद्यालयबीच समझदारी

-काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच समझदारी

-नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघ समझदारी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*