सभापोखरी हाइड्रोले आईपीओ निष्कासन गर्ने, शेयर प्रत्याभूतिमा नागरिक लगानी कोष
२० चैत्र २०८१, बुधबार १३:४९

काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौता भएको छ।
बुधबार भएको उक्त सम्झौतामा कोषका नि. कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोपावरका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका हुन्।
सभापोखरी हाइड्रोले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले १० लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने छ। उक्त शेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको हो।