डिजिटल वित्तीय सेवाको प्रभावसम्बन्धी प्रतिवेदन सार्वजनिक

२० चैत्र २०८१, बुधबार १३:२५

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा डिजिटल वित्तीय सेवाहरूले महत्वपूर्ण परिवर्तन ल्याएका छन्। अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको प्रतिवेदनले वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न डिजिटल वित्तीय सेवाहरूको भूमिकालाई उजागर गरेको छ।

प्रतिवेदनमा जापान र संयुक्त अधिराज्य सरकारको सहयोगमा सञ्चालित वित्तीय सेवाहरूमा पहुँच कार्यक्रम तथा कोरियाली सरकारको सहयोगमा सञ्चालित डिजिटल वित्तीय सेवाहरूको विस्तार परियोजनाका उपलब्धिहरूलाई विशेष रूपमा उल्लेख गरिएको छ। यी पहलहरूले नेपालमा डिजिटल वित्तीय सेवाहरूको पहुँच बढाउनुका साथै नयाँ प्रविधिहरूको विकासमा योगदान गरेका छन्।

राष्ट्रिय भुक्तानी प्रणाली विकास रणनीति (एनपीएसडीएस) कार्यान्वयन, खुद्रा भुक्तानी रणनीतिको प्रभावकारिता, र डिजिटल भुक्तानी प्लेटफर्महरूको वृद्धि जस्ता मुख्य उपलब्धिहरू प्रतिवेदनमा समावेश छन्। सेवाबाट बञ्चित समुदायहरूलाई डिजिटल वित्तीय सेवामा सहभागी गराउन यी कदमहरू प्रभावकारी सावित भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*