न्यून बिन्दुमा आधार दर, कुन बैंकले दिँदैछ सस्तो ब्याजमा ऋण ? (सूचीसहित)

२० चैत्र २०८१, बुधबार ११:५३

काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) न्युन बिन्दुमा आइपुगेको छ । हाल संचालनमा रहेका २० वटै वाणिज्य बैंकको आधार दर एकल अंकमा झरीसकेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अत्यधिक भएपछि बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन्, जसका कारण आधार दर पनि घट्दै गएको हो । आधार दर घट्दा कर्जाको ब्याजदरमा पनि कमी आउने भएकाले बैंकहरू प्रतिस्पर्धात्मक ब्याजदरमा कर्जा प्रवाह गर्न तयार देखिएका छन् ।

हाल बैंकहरुको औसत बेस रेट ६.४८ प्रतिशत बिन्दुमा झरेको छ । गत फागुन महिनामा भने ६.६३ प्रतिशत रहेको थियो।

चैत महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ५.०३ प्रतिशत कायम भएको छ । यता, राष्ट्रिय वाणिज्य बैंकको ५.२८ प्रतिशत र एभरेष्ट बैंक ५.४६ प्रतिशतमा झरेको छ ।

नेपाल बैंकको ५.९६ प्रतिशत, नबिल बैंकको ६.०५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.२५ प्रतिशत, कृषि विकास बैंकको ६.५२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.५६ प्रतिशत, एनएमबि बैंकको ६.५९ प्रतिशत, सानिमा बैंकको ६.६० प्रतिशत, माछापुच्छ्रे बैंकको ६.६८ प्रतिशत, सिद्धार्थ बैंकको ६.६९ प्रतिशत, नेपाल एसबिआई बैंकको ६.८५ प्रतिशत, हिमालयन बैंकको ६.८८ प्रतिशत र प्रभु बैंकको ६.९३ प्रतिशत आधार दर कायम भएको छ ।

समिक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको आधार दर ६.९३ प्रतिशत, सिटिजन्स बैंकको ६.९५ प्रतिशत, कुमारी बैंकको ६.९९ प्रतिशत, प्राइम बैंकको ७ प्रतिशत र एनआईसी एशिया बैंकको ७.४१ प्रतिशत कायम भएको छ ।

बैंकहरूको आधार दर निरन्तर घट्दै जाँदा कर्जाको ब्याजदरमा पनि कमी आउन थालेको छ । आधार दर प्रत्यक्ष रूपमा ऋणको ब्याजसँग जोडिने भएकाले यसको वृद्धि हुँदा कर्जा महँगो हुन्छ भने कमी आउँदा सस्तो बन्छ । हाल देशभरका २० वटै वाणिज्य बैंकहरू एकल अंकभित्रै अर्थात् १० प्रतिशतभन्दा कम ब्याजदरमा ऋण दिन सक्ने अवस्थामा पुगेका छन् । बैंकहरूले कर्जाको प्रकारअनुसार आधार दरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज निर्धारण गर्छन्, जसले बैंक र ऋणको स्वरूपअनुसार फरक असर पार्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*