पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई ८ लाख दिने मीनबहादुरको घोषणा

२० चैत्र २०८१, बुधबार ११:१९

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

आज एक कार्यक्रममा चैत १५ गते राजावादी आन्दोलनमा परी मृत्यु भएका पत्रकार सुरेश रजक र सवारी चालक मजदुर सविन महर्जनको परिवारलाई आर्थिक राहत दिने बताएका हुन् ।

गुरुङ्गले सुरेशको परिवारलाई पाँच लाख रुपैयाँ र सविनको परिवारलाई तीन लाख दिने घोषणा गरेका छन् । साथै उनले आज आफ्नो कोटेश्वर स्थित भाटभटेलीमा कार्यरत रहेका सेक्यूरटी गार्ड र कर्मचारीहरुलाई पनि सम्मान वितरण गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*