शतप्रतिशत हकप्रद पारित गर्न गार्डियन माइक्रो लाइफद्वारा विशेष साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको चैत १८ गते बसेको बैठकको निर्णय अनुसार विशेष साधारणसभा वैशाख ५ गते, होटल एअरपोर्ट, बिराटनगरमा आयोजना हुने भएको हो ।
कम्पनीको सभामा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
सभाले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, कम्पनीको हाल चुक्ता पुँजी रु.७५,००,००,०००/– को १:१ का दरले (१०० प्रतिशत) हकप्रद शेयर जारी गरी रु.१,५०,००,००,०००/– पुर्याउने विशेष प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले कम्पनीको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने र कम्पनीको पुँजी वृद्धि, हकप्रद शेयर जारी गर्ने सम्वन्धी सम्पुर्ण प्रक्रिया अगाडी बढाउन तथा प्रबन्धपत्र संसोधन सम्वन्धी सम्पुर्ण कार्य गर्न नियमनकारी निकायहरुले दिएको निर्देशन बमोजिमको आवश्यक कागजात बनाउन, फेर थपघट गर्न, कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
कम्पनीले विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले कम्पनीको सो विशेष साधारणसभामा सहभागी हुन पाउने छन् ।