हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति ?
२० चैत्र २०८१, बुधबार १०:४०

काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ रहेको थियो ।