बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

२० चैत्र २०८१, बुधबार १०:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीको तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।

बैंकले उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो ३ बजेसम्म हु्ने जानकारी दिएको छ। बैंकले २१ दिनका लागि यो उपकरण प्रयोग गर्न लागेको हो।

साँवा र ब्याज भुक्तानी चैत ३१ गते हुनेछ भने ब्याजदर बोलकबोलबाटै निर्धारण हुने जानकारी दिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने वा सम्पूर्ण रकम बोल गर्न सक्नेछन्।

Loading...

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*