एनएलजी इन्स्योरेन्सका सञ्चालक खत्रीको राजिनामा स्वीकृत
२० चैत्र २०८१, बुधबार १०:१७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक सुरेश प्रसाद खत्रीले दिएको राजिनामा स्वीकृत भएको छ।
कम्पनीको चैत १७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी राजिनामा स्वीकृत गरेको हो। सञ्चालक खत्रीले व्यक्तिगत कारण देखाएर राजिनामा दिएका थिए।