सानिमा रिलायन्स लाइफको नगद लाभांश शेयरधनीको खातामा

२० चैत्र २०८१, बुधबार ०७:०८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ८ गतेको आठौं वार्षिक साधारणसभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइएको छ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ फागुन २६ गते बुक क्लोज गरेकोले फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन्।

साथै सो अवधिसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीले कर्जा लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि नगद लाभांश बैंक खातामा पठाइने जनाएको छ।

कम्पनीको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*