जीवन बीमा एजेन्टबाट अध्यक्ष बनेकाले नै बुझेनन् बीमा अभिकर्ताको पीडा, तनावमा पेशागत बीमा अभिकर्ताहरु

रिना खत्री
१९ चैत्र २०८१, मंगलवार २२:१४

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा आफै जीवन बीमा एजेन्ट पनि हुन् । बीमा प्राधिकरणको अध्यक्ष बन्नु अघि ओझा प्रभु महालक्ष्मी लाइफमा बीमा अभिकर्ताको रुपमा कार्यरत थिए उनी । अध्यक्ष ओझा २०८० साल जेठ ३१ गते नेपाल बीमा प्राधिकरणबाट प्रभु महालक्ष्मी लाइफबाट बीमा अभिकर्ताको लाइसेन्स लिई २०८१ असारसम्म जीवन बीमा व्यवसाय गरेर बीमा व्यवसायको राम्रै अनुभव गरेका व्यक्ति हुन् । अध्यक्षलाई बीमा अभिकर्ताको समस्याबारे थाहा भएपनि बीमा नियमावलीले पारेको अप्ठेरो हटाउन खासै पहल गरिरहेका छैनन् ।

यतिबेला बीमा नियमावलीका कतिपय प्रावधानका कारण देशैभरिका जीवन बीमा अभिकर्ताहरु चरम पीडामा छन् । काम गर्ने कि नगर्ने मुडमा रहेका छन् । बीमा नियमावलीमा रहेको कैयौं अप्ठेरा प्रावधानहरुका कारण अभिकर्ताहरुमा निराशा छाइरहेको पेशागत बीमा अभिकर्ता संघका पूर्व अध्यक्ष नन्द तिवारी बताउँछन् ।

तिवारीका अनुसार अहिले पनि दैनिक थुप्रै मानिसहरुले उनलाई फोन गरेर समस्याबारे दर्शाइरहेका छन् । पेशागत बीमा अभिकर्ता संघले अध्यक्षसँग सेटिङ गरेर आन्दोलन रोकेको भन्दै अभिकर्ताको आक्रोस बृद्धि हुँदै गइरहेको छ । तिवारीका अनुसार बीमा नियमावली सिंगो व्यवसायकै अहितमा रहेको छ । तर, त्यसको सम्बन्धमा लामो समय काम गरेर बीमा अभिकर्ताहरुका बीचमा गहन छलफल गरेर औपचारिक धारणा सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाई छ ।

बीमा अभिकर्ता पेशामा आबद्ध करिब एक लाख बीमा अभिकर्ताको भविष्य अन्योल भइरहेकोबारे बीमा प्राधिकरणका अध्यक्ष ओझा मौन देखिदै आएका छन् । आफै बीमा अभिकर्ता भएर काम समेत गरेका उनले बीमा अभिकर्तामाथि परेको र जीवन बीमा व्यवसायमाथि परेको पीडाबारे मौन रहेको आरोप अभिकर्ताहरुले लगाइरहेका छन् ।

बीमा नियमावलीकै कारण बीमा अभिकर्ता पेशा धरापमा, नविकरण र इन्टेन्सिभ पाउन धेरै कठिन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*