तीनकुने घटनामा पक्राउ गर्नेको संख्या ६५ पुग्यो

१९ चैत्र २०८१, मंगलवार १७:२८

काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित कार्यक्रममा भएको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थप २४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता र प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिँदै भने, “उक्त घटनामा संलग्न भएको आरोपमा यी २४ जनालाई पक्राउ गरिएको छ, यसअघि ४१ जनालाई पक्राउ गरेर म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।”

पक्राउ परेकाहरुलाई काठमाडौँका विभिन्न स्थानबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*