चार कम्पनीको बोनश र हकप्रद शेयर सूचीकृत, कुनको कति ?
१९ चैत्र २०८१, मंगलवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा दुई कम्पनीको बोनश शेयर र दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको हो ।
मंगलबार फरवार्ड माइक्रोफाइनान्सको १३ दशलमव ३० प्रतिशत बोनश वापत १४ लाख ३ हजार ८९९ दशलमव ७६ कित्ता र नेपाल एसबिआई बैंकको ३ दशलमव ८० प्रतिशत बोनश वापत ३९ लाख ९० हजार ५७ दशलमव ८६७२ कित्ता बोनश शेयर सूचीकृत भएको छ ।
साथै, ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद शेयर वापत एक करोड ८५ लाख १२ हजार ७९२ दशलमव २२५ कित्ता र बलेफी हाइड्रोपावरको एक प्रतिशत हकप्रद वापत एक करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर सूचीकृत भएको छ ।
आज सूचीकृत भएका कम्पनीको शेयर भोलि अर्थात बुधबारदेखि कारोबारमा आउने भएको छ ।