एलआइसी नेपालद्वारा बीमालेख पुनर्जागरण गर्दा विशेष छुट प्रदान

१९ चैत्र २०८१, मंगलवार १५:३६

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले व्यतित बीमालेख पुनर्जारणमा विशेष छुट दिने भएको छ ।

कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै व्यतित भएका बीमालेख नविकरणमा चैत १९ गतेदेखि जेठ १७ गतेसम्म छुट प्रदान गरीने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ३ वर्ष भन्दा कम व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत र ५ प्रतिशतभन्दा बढी व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत छुट प्रदान पाइने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*