प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

१९ चैत्र २०८१, मंगलवार १४:२८

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि बैंकक गएका छन्। साथै, उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा पनि सहभागिता जनाउने छन्।

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण गर्ने नेपालका पहिलो प्रधानमन्त्री हुन्। यस भ्रमणका क्रममा उनी २३ चैतमा स्वदेश फर्किनेछन्।

नेपाल र थाइल्याण्डबीच ६५ वर्षदेखि कूटनीतिक सम्बन्ध कायम छ। भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय वार्ता हुनेछ। पर्यटन र संस्कृतिलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न सरकारी तथा निजी क्षेत्रका विभिन्न ६ वटा सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीस्तरीय वार्तापछि ओली र सिनावातले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्। त्यस्तै, थाइल्याण्डका नरेशसँगको शिष्टाचार भेटपछि ओलीको औपचारिक भ्रमण सम्पन्न हुनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*