यूएईमा १६६ जना नेपालीले पाए आममाफी
१९ चैत्र २०८१, मंगलवार १३:५३

काठमाडौं । संयुक्त अरब इमिरेट्स सरकारले त्यहाँ विभिन्न कसुरमा सजाय भोगीरहेका १६६ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ।
यूएईस्थित नेपाली दूतावासले जनाएअनुसार रमजान तथा इदको अवसरमा त्यहाँको सरकारले विभिन्न कसुरमा सजाय भागीरहेका कैदीहरूलाई आममाफी दिंदा १६६ जना नेपालीहरू पनि परेका हुन्।
दूतावासले यसलाई नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतिकको रूपमा लिएको जनाएको छ। हालै कतारको सरकारले पनि १८ जना नेपालीहरूलाई आममाफी दिएको थियो।