राष्ट्रपतिद्वारा संघीय संसद्को चालु अधिवेशन अन्त्य
१९ चैत्र २०८१, मंगलवार १३:१२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति पौडेलले चैत १९ गते राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरेका हुन्।
यसअघि, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार संसद्को यो अधिवेशन आजको अन्तिम बैठकपछि औपचारिक रूपमा समाप्त भएको छ।