गार्डियन माइक्रो लाइफको शेयरमा सर्किट, मूल्य २६ सय नजिक
१९ चैत्र २०८१, मंगलवार १३:०४

काठमाडौं । गार्डियन माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
शेयरमा सर्किट लागेसँगै प्रतिकित्ता मूल्य २५७९.८० रुपैयाँ पुगेको छ। कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निकाल्ने निर्णय गरेपछि शेयरमूल्य बढेर सर्किट लागेको हो।