वर्षदिनमा १० स्टील उद्योगको १७ अर्ब व्यापार खुम्चियोः सात कम्पनी अर्ब क्लबमा, कुनको वर्चस्व बढी?

काठमाडौँ । १० वटा स्टील डण्डी उद्योगहरुले एक वर्षको अवधिमा करिब ५४ अर्ब रुपैयाँको व्यापार गरेका छन् । रेटिङ एजेन्सिका अनुसार सन् २०२४ मा १० वटा स्टीलजन्य सामग्री उत्पादन गर्ने कम्पनीले ५४ अर्ब ३ करोड ७० लाख रुपैयाँका व्यापार गरेको हुन् । जुन सन् सन् २०२३ को तुलनामा २३.६७ प्रतिशतले कम हो । यी कम्पनीहरुले सन् २०२३ मा७० करोड ७९ लाख १० हजार रुपैयाँको व्यापार गरेका थिए । वर्षदिनमा १६ अर्ब ७५ करोड रुपैयाँ व्यापार खुम्चिएको छ ।
स्टील कम्पनीहरुले विभिन्न ब्रान्डमा डण्डी, स्टीलका पाइप, तार, जस्तापाता लगायत सामग्री उत्पादन गर्दै आएका छन् । जसमा जगदम्बा स्टील, गोदावरी स्टील, श्री स्टील, प्रिमियर स्टील, मैनादेती स्टील, नारायणी स्टील, स्टील उड, श्रीकृष्ण स्टील, गोयन्का स्टीस र सिद्धी लक्ष्मी स्टील छन् । पूर्वाधार निर्माणको काम अघि बढ्न नक्सदा माग घट्दो क्रममा हुँदा स्टील डण्डी उद्योगहरुले व्यापार खुम्चिन पुगेको छ।
२०७२ सालको भूकम्पपछिको पुनर्निर्माण र पूर्वाधार निर्माणकाका लागि स्टिल डण्डीले बजार राम्रै पाएको थियो । यही बेलामा डण्डीको मूल्य प्रतिकेजी १० देखि १६ रुपैयाँले बढेको थियो । तर, उद्योगीहरु अहिले विभिन्न मन्दीको सामना गर्दै आइरहेका छन् ।
स्टील ब्यवसायी लोड सेडिङको मारमा समेत पर्दै आएका थिए । पछिल्ला केहि महिना यता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निजि क्षेत्रका उद्योगहरुबीच लोड सेडिङ र बक्यौताको बिषयमा जुवारी नै चलि रहेको थियो । सरकारले विभिन्न कारण देखाउँदै घिसिङलाई पदबाट हटाएसँगै सोहि विषयलाई लिएर कुलमान अदालतको ढोका पुगेका छन् । लोड सेटिङको समस्याका कारण स्टीलको ब्यवसाय निरन्तर ओरालो लागि रहेको ब्यवसायीहरुको गुनासो रहदै आइरहेको छ ।
सधै आफ्ना उद्योग घाटामा चलेको बताउँँदै स्टील उद्योगीहरूले टीएमटी स्टीलको मूल्य किलोमा ४ रुपैयाँले बढाइएको छ । यस नयाँ मूल्यवृद्धिका कारण हार्डवेयर पसललाई दिइने स्टीलको मूल्य भ्याटबाहेक प्रति किलो ७८ देखि ८० रुपैयाँबाट ८२ देखि ८४ रुपैयाँ सम्म पुगेको छ ।
स्टील उत्पादक संघका शोभाकर न्यौपानेले तथ्यमा नगई स्टील उद्योगलाई बजारमा मूल्यवृद्धि गरेको आरोप लागेको बताए । ‘पछिल्लो समय स्टीललाई मूल्यवृद्धि भन्दै चर्चा भइरहेको छ । मूल्य बढाउनुको समेत कारण छ । कच्चा पदार्थको मूल्य ३०–४० डलरले बढेको छ, जसले लागत बढाएको छ। लोडसेडिङकै कारण हाम्रो लगानी खेर गएको छ । २४ घण्टामध्ये ८–१० घण्टा मात्र बिजुली प्राप्त भइरहेको छ । उपलब्ध बिजुली समेत कमजोर गुणस्तरको छ’ उनले भने ।
सधै उद्योग घाटामा चलाउन नसकिने उनको तर्क छ । उनले भने, ‘हामीले कुनै समय उद्योगहरु घाटामा समेत चलाएका छौं । अब सधै घाटामा चलाउन सकिदैन ।’
कुनको व्यापार कति ?
१० कम्पनीमध्ये जगदम्बा स्टील नाफामा अग्र स्थानमा रहेको छ । सन् २०२४ मा जगदम्बाले मात्रै २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । उक्त व्यापार सन् २०२३ को तुलनामा भने २४.६१ प्रतिशतले कम हो । सन् २०२३ मा कम्पनीले ३९ अर्ब ४३ करोड रुपैयाँको व्यापार गरेको थियो ।
(रकम दशलाखमा)
त्यस्तै, दोस्रो नम्बरमा गोदावरी स्टीलको व्यापार १.६७ प्रतिशतले बढेर ६ अर्ब ४० करोड, श्री स्टीलको २८.९० प्रतिशतले घटेर ५ अर्ब ९० लाख, प्रिमियर स्टीलको १२.१५ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड र मैनावती स्टीलको ४६ प्रतिशतले घटेर ३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।
वर्षदिनको अवधिमा नारायणी स्टीलले १ अर्ब ९८ करोड, श्रीकृष्ण स्टीलले ८४ करोड, गोयन्का स्टीलले ७९ करोड र सिद्धी लक्ष्मी स्टीलले ४० करोड रुपैयाँको व्यापार गरेको छ ।