नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो।
सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।
साथै चुक्ता पूँजीको ४० प्रतिशत (पछि संशोधन हुन सक्ने) हकप्रद शेयर र बोनस शेयर जारी गरेपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ।
त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थागत सामािजक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने प्रस्ताव पनिसभाले अनुमोदन गरेको छ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ। यसर्थ बुक क्लोजको आधारमा चैत ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।