युनाइटेड ईदी मर्दी एण्ड आरबि हाइड्रोपावरको कम्पनी सचिवमा जगत बहादुर रोकाया नियुक्त
१९ चैत्र २०८१, मंगलवार ११:०३

काठमाडौं । युनाइटेड ईदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको कम्पनी सचिवमा कम्पनीका कर्मचारी जगत बहादुर रोकाया नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको चैत १७ गते बसेको बैठकको निर्णयले रोकायालाई नयाँ कम्पनी सचिव नियुक्त गरेको हो ।
साथै, कम्पनीको सोही बैठकले कम्पनीका तत्कालिन सचिव निरज पौड्यालले दिएको राजिनामा समेत स्वीकृत गरेको प्रबन्ध निर्देशक रोशन केसीले जानकारी दिए ।