सुनको मूल्यले आज पनि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

१९ चैत्र २०८१, मंगलवार १०:४४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा एक हजार ८०० रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*