कतारमा सजाय भोगीरहेका १८ नेपालीले पाए आममाफी

१९ चैत्र २०८१, मंगलवार ०९:३५

काठमाडौं । कतार सरकारले विभिन्न कसुरमा सजाय भोगीरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ।

कतारस्थित नेपाली दूतावासले जनाए अनुसार सरकारले रमदान र इदको अवसरमा थुप्रै आप्रवासीहरूलाई आममाफी दिएकोमा १८ जना नेपाली पनि परेका हुन्।

दूतावासले यस प्रकारको आममाफीलाई मानवीय आधारमा गरिएको सद्भावको रूपमा लिएको जनाएको छ। साथै नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धलाई थप मदबूत बनाउने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*