अमेरिकी डलरको भाउ स्थिर, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.४६ रुपैयाँ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दुई दिनदेखि स्थिर हो।
त्यस्तै युरोपियन युरो एकको खरिददर १४७.६३ रुपैयाँ र बिक्रीदर १४८.२८ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.६३ रुपैयाँ र बिक्रीदर १७७.४० रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५४.९२ रुपैयाँ र बिक्रीदर १५५.६० रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८५.३० रुपैयाँ र बिक्रीदर ८५.६८ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९५.०८ रुपैयाँ र बिक्रीदर ९५.५० रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०१.६८ रुपैयाँ र बिक्रीदर १०२.१३ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.८१ रुपैयाँ र बिक्रीदर १८.९० रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५४ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.४४ रुपैयाँ र बिक्रीदर ३७.६० रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.०२ रुपैयाँ र बिक्रीदर ४.०४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.१५ रुपैयाँ र बिक्रीदर ३७.३२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.७५ रुपैयाँ र बिक्रीदर ३०.८९ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १३.६१ रुपैयाँ र बिक्रीदर १३.६७ रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर १९.७९ रुपैयाँ र बिक्रीदर १९.८७ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.५४ रुपैयाँ र बिक्रीदर १७.६२ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४२.६९ रुपैयाँ र बिक्रीदर ४४४.६४ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६१.९७ रुपैयाँ र बिक्रीदर ३६३.५८ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५४.४६ रुपैयाँ र बिक्रीदर ३५६.०२ रुपैयाँ रहेको छ।