पुरानो लाभांश लिन कामना सेवा बैंकको आग्रह
१९ चैत्र २०८१, मंगलवार ०६:४१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेको छ।
बैंकको २०७६ साल पुस १७ गतेको तेह्रौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि नलिएको बैंकले जनाएको छ।
बैंकले शेयरधनीलाई आगामी एक महीना भित्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमटेड (शेयर रजिष्ट्रार) मा सम्पर्क राखी बुझ्न बाँकी लाभांश बुझिलिन आग्रह गरेको हो।
सभाले पारित गरेको लाभांश पाँच वर्षसम्म पनि नलिएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको छ।