राष्ट्र बैंकद्वारा ५०० रुपैयाँका २३ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
१७ चैत्र २०८१, आईतवार १६:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको छ। नोट छपाइको जिम्मेवारी पाउने कम्पनी छनोट गर्न बैंकले आवश्यक प्रक्रिया अघि बढाएको हो।
यसअघि राष्ट्र बैंकले नयाँ नोट छपाइ, डिजाइन र आपूर्तिका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गरिसकेको थियो। उक्त सूचीमा छ वटा अन्तर्राष्ट्रिय कम्पनीलाई बोलपत्र पेश गर्न अनुमति दिइएको छ।
बैंकले चीन, बेलायत, जर्मनी, रूस, फ्रान्स र पोल्याण्डका प्रतिष्ठित छपाइ कम्पनीहरूलाई छनोट गरेको छ। इच्छुक कम्पनीहरूले २०२५ मे १४ भित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।