नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको १० लाख कित्ता बोनश शेयर सूचीकृत
१७ चैत्र २०८१, आईतवार १५:५३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयर सूचीकृत भएको हो ।
आज बैंकको ९.५०७९ प्रतिशतका दरले १० लाख ५६ हजार ७३४ कित्ता बोनश शेयर सूचीकृत भएको छ । आइतबार सूचीकृत भएको सो शेयर भोलिदेखि कारोबारमा आउने भएको छ ।