मारुति सुजुकीको गाडी महँगिने, अप्रिल २०२५ देखि ४ प्रतिशतसम्म मूल्यवृद्धि

१७ चैत्र २०८१, आईतवार १५:४५

काठमाडौँ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुति सुजुकी इण्डिया लिमिटेडले आफ्ना गाडीहरूको मूल्य अप्रिल २०२५ देखि ४प्रतिशतसम्म बढाउने घोषणा गरेको छ। कम्पनीले २०२५ मार्च १७ मा भारतीय स्टक एक्सचेन्ज मा दर्ता गरेको नियामकीय फाइलिङमार्फत यो जानकारी दिएको हो।

मारुति सुजुकीका अनुसार गाडी उत्पादन लागत, सञ्चालन खर्च र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले मूल्य समायोजन गर्नुपर्ने आवश्यकता परेको हो। हाल भारतीय अटोमोबाइल बजार कच्चा पदार्थको मूल्य वृद्धि र आपूर्ति शृंखलामा देखिएको समस्याका कारण दबाबमा परेको छ। करिब ४० प्रतिशत बजार हिस्सा ओगटेको मारुति सुजुकी पनि यी परिवर्तनहरूसँग समायोजन गरिरहेको छ। अटोमोबाइल क्षेत्रका विश्लेषकहरूका अनुसार छिट्टै अन्य गाडी निर्माताहरूले पनि मूल्य बढाउने सम्भावना रहेको छ।

हाल कम्पनीले कुन मोडेलको कति मूल्य बढ्ने भन्ने स्पष्ट गरेको छैन। तर, अल्टोदेखि इन्विक्टोसम्मका सबै मोडेलहरूमा लगभग ४ प्रतिशत मूल्य वृद्धि हुने बताइएको छ। यसै महिनाको सुरूमा मारुति सुजुकीले Alto K10 मा ६ वटा एयरब्यागको सुविधा थप्दै मूल्य बढाएको थियो। अहिले Alto K10 को प्रारम्भिक मूल्य ४.२३ लाख भारु (एक्स-शोरूम) पुगेको छ।

मारुति सुजुकीको यो मूल्यवृद्धिले ग्राहकहरूलाई असर गर्ने देखिए पनि कम्पनीले लागत व्यवस्थापनका लागि यस्तो निर्णय लिनुपरेको बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*